STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नागरिक संबाद केन्द्र बागमती प्रदेशकाे वेभिनार सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २८, आइतबार

विजयरत्न असंबरे


संघिय संसदमा २०७६ साल फाल्गुन देखि २०७७ अषाढ सम्म प्रतिनिधि सभा र राष्ट्रिय सभा अन्तर्गतका बिभिन्न समितिहरूले गरेका निर्णयहरूकाे बारेमा जानकारी गराउने उद्देश्यले नागरिक संवाद केन्द्र, बागमती प्रदेश हेटाैँडाले वेभिनारमा अन्तरक्रिया सम्पन्न गरेकाे छ । नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाले बनाएको प्रतिनिधि सभा नियमावली २०७५ तथा राष्ट्रिय सभाले बनाएको राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम गठन भएका ती दुवै सभाका समितिहरुले फाल्गुन देखि असार भित्र विभिन्न समितिको बैठक बसी समसामायिक बिषयलाई लिएर निर्णयबारे सहभागीहरुले आ आफ्ना धारणा राखेका थिए । बागमति प्रदेशकाे प्रदेश सभामुख सानुकुमार श्रेष्ठकाे प्रमुख आतिथ्य एवम् नागरिक संवाद केन्द्र प्रमुख रघुनाथ खरालले सहजिकरण गरेकाे अन्तरक्रिया कार्यक्रममा नागरिकसँग प्रत्यक्ष जाेडिएकाे हक अधिकारसहित काेभिड १९ काे कारणले समस्या भाेगिरहेका शिक्षा, यातायात, उद्याेग, श्रमिक वर्ग, किसान लगायत सम्पूर्ण पक्षलाई समेटेर स्थानीय देखि संघीय सरकारसम्मलाई समस्या समाधानमा गम्भीर हुनुपर्ने सहभागिहरुले धारणा राखेका थिए । अन्तरक्रियामा ध्रुब चाैलागाई, मनाेज ढाेडारी, हयग्रिब आचार्य, हेमन्त ढुगेंल, आशिष श्रेष्ठ, राजु गाैतम, बिकास थपलिया, राजेन्द्र ढुगांना, रमिला सापकाेटा, शान्ता बराल, कृष्ण लामिछानेलगायतले आ आफ्नाे धारणा राखेका थिए । कार्यक्रममा रघु खरालले प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न समितिहरु सहित संयुक्त समितिले गरेकाे निर्णयबारे प्रस्तुत गरेका थिए । सबैका प्रश्नका बारेमा प्रमुख अतिथि सानुकुमार श्रेष्ठले प्रदेशकाे तहबाट गरिने कुराकाे बारे जानकारी गराएका थिए । संघीय समितिकाे निर्णयकाे बारेमा छलफलकाे लागि संघीय तहका समितिका सदस्यहरुकाे सहभागिताकाे आवश्यकताबारे पनि छलफल गरिएकाे थियाे । अन्तरक्रियामा प्रदेश सभाका सदस्यहरु माधब पाैडेल, जुनेली श्रेष्ठ, मीलन बाबु श्रेष्ठ, रीना गुरूङ, शाेभा शाक्य, रमेश पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे। कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अधिवक्ता, लेखा परिक्षक, पत्रकार, अधिकारकर्मी, सामाजिक संघ सस्थाका प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे । वेभिनारमा सरकारले गरेका र गर्न तयारी गरेका जन सराेकारका कार्यक्रमलाई नागरिक समाजकाे तर्फबाट पनि सहयाेगकाे आवश्यकता रहेकाे सहभागिहरुले औँल्याएका थिए ।
Categorized in राष्ट्रिय