STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निःशुल्क स्वास्थ्य परीक्षण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् । वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् । मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरी स्वास्थ्यलाभ लिएको आयुर्वेद शाखा प्रमुख तिलजुङ्ग जनैदरले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिकामा आयुर्वेद शाखाले निशुल्करुपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पहिलो दिन २२३ र दोस्रो दिन २४८ जनाले स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य लाभ लिएको आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जनैदरले बताउनुभयो । तीन दिनसम्म सञ्चालन स्वास्थ्य शिविरमा पहिलो र दोस्रो दिन गरी पुरुषतर्फ १७० र महिला ३०१ ले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्य परीक्षण गर्ने महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पिसाबसम्बन्धी, बाथ, युरिक एसिड, ढाड, कम्मर दुख्ने, छालासम्बन्धी, आँखासम्बन्धीका रोगी बढी भेटिएको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय