STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

निशान छापको नक्सा पनि सच्याइने, संविधान संशोधन प्रस्ताव पेस हुने

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

काठमाडौं – सरकारले संविधानमा भएको निसान छाप सच्याउनको लागि संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । संविधानमा रहेको निशान छापमा रहेका नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले भारतले अतिक्रमण गरेको यी क्षत्र समेटर बुधबार नेपालको नयाँ नक्सा जारी गरेको छ । संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयका लेटर प्याड, बेवसाइड परिवर्तन गर्नुपर्ने छ ।
Categorized in राजनीति