निषेधाज्ञामा उपत्यकाका पेट्रोल पम्प खुल्ने
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार
काठमाडौँ - निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ ।
बुधबार एक सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुला रहने जनाएको हो ।
निगमकाअनुसार उपत्यकाका तीनवटै जिल्लाका पेट्रोल पम्पहरू पनि खुला रहनेछन् ।


