निषेधाज्ञा एक साता लम्ब्याइयो, सार्वजनिक यातायात जोर-बिजोरमा चलाउन पाइने
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १४, सोमबार
काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।
सोमबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोर-बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
निर्णयअनुसार अब २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भएको छ ।
आज बसेको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय पनि गरेको छ ।
निषेधाज्ञाको समयमा भोलिदेखि खाद्यान्न तथा किराना पसहरू बिहानदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।
त्यस्तै बार तोकेर खोल्न दिइएका पसलहरू भने प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।
Categorized in उपत्यका

