नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि स्थगित
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १३, बिहिबार
काठमाडाैं – नेकपा केन्द्रीय कमिटीकाे बैठक एक महिनाकाे लागि स्थगित भएको छ।
यही कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ सम्म बस्ने गरी एक महिनाकाे लागि स्थगित भएको हो।
नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन्।
कोभिड-१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ।



