नेकपा केन्द्रीय कमिटी बैठक शुरु
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १५, बुधबार
प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे पनि प्रस्तुत गर्दै हुनुहुन्छ । उद्घाटन सत्रमा सञ्चारकर्मीलाई पनि सहभागी गराइएको छ । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका छ ।[/caption]
यस्तै विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।
Categorized in राष्ट्रिय


