STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा केन्द्रीय विभागको प्रमुख तोकिए

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागका प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, सङ्गठन विभाग प्रमुखमा सचिवालय सदस्य वामदेव गौतम, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको छ ।उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ ।
Categorized in राष्ट्रिय