STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा बैठक पुनः स्थगित, भदौ १८ मा सारियाे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भनिएको बैठक सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यही भदौ १८ का लागि बैठक सारिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को जोखिमका कारणले बैठक सारिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएपछि बैठक बोलाउन सहमति गर्नुभएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक वोलाइएको हो । पार्टीले गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।
Categorized in राजनीति