STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन २३, मंगलबार

काठमाडौं- नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन् ।

गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो ।

Categorized in राष्ट्रिय