STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २२, सोमबार

काठमाडौं – कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि बाँकेको नेपालगञ्जमा मंगलबार (२३ गतेदेखि २५ गतेसम कर्फ्यु राख्ने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको थियो । संघीय सरकारले जारी गरेको लकडाउनसँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते मंगलबार बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म पूर्ण निषेधित क्षेत्र लागू गर्ने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जनाएको छ । कफ्र्युको समय नेपालगञ्जमा औषधि पसलबाहेक सम्पूर्ण पसल, व्यवसाय खोल्न निषेध गरिएको प्रजिअ खड्काले जनाएका छन् । नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो । नेपालगञ्जको एउटै टोलका १५ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको अझै ३० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित सबैलाई बाँकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेको छ ।
Categorized in राष्ट्रिय