STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ ।

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ११, आइतबार

प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो ।

नयाँ गायन प्रतिभाको खोजी गर्नुको साथै कला, संगीत क्षेत्रलाई चलायमान बनाइराख्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले संसारभरीमा कुनै पनि भूगोल, वर्ग, समुदाय, क्षेत्रबाट प्रतियोगीतामा भाग लिन सकिने जानकारी दिए ।

 नेपालभाषाको यो गीतको कभर प्रतियोगीतामा नेवार, गैर नेवार मात्र होइन, गैर नेपालीले पनि भाग लिन सकिनेछ भने भूगोल, वर्ग, समुदाय आदिको नामबाट कुनै पनि प्रतिभालाई रोकिने छैन भनि संयोजक राजोपाध्यायले भने ।

आफ्नो गीतको कभर प्रतियोगीता हुन लागेकोमा गायक श्रेष्ठले खुसी व्यक्त गरे ।

गायक श्रेष्ठकै युट्युब च्यानल Puru Shrestha मा भएको ‘सुथसिया निभाः’ गीतको काराओके ट्राएकमा गीत गाउँदै भिडियो बनाएर प्रतियोगीतामा भाग लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

आफुले गाएको भिडियो आयोजकलाई ईमेलबाट पठाउन आयोजक संस्थाले आग्रह गरेको छ ।

आउँदो असार ८ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगीतामा समावेश गरिने र प्राप्त भिडियोबाट प्रतिभावान चार गायक छानी गीत रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ । 

तस्वीर - बिक्रम खडगी

Categorized in साहित्य-कला