STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषाको म्युजिक भिडियोमा पल शाह

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र ३०, आइतबार

नेपालको चलचित्र जगतका लोकप्रिय नायक पल शाह नेपालभाषाको नयाँ म्युजिक भिडियो मार्फत नेवाः संगीत क्षेत्रमा पदार्पण गरेका छन् । उनले नव गायक गोपाल कृष्ण महर्जनको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ मा नायिका सृष्टि महर्जन संग अभिनव गरेका हुन् ।

शनिबार काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा उक्त म्यूजिक भिडियो प्रिमियर गरिएको हो । म्यूजिक भिडियो प्रिमियरको दौरान दर्शकदीर्घाको उपस्थिती निकै बाक्लो हुँदा दुई शो गरी गीत प्रदर्शन गरिएको थियो ।

दर्शकहरुको प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक सुरेन्द्र तुलाधरले बताए ।

उक्त म्यूजिक भिडियाेका निर्माता समेत रहेका गायक महर्जनले राम्रै म्यूजिक भिडियो बनाउने उद्देश्यले आफुले बजेटमा कुनै सम्झौता नगरेको बताए ।

‘नेपालभाषाको गीत भन्ने वित्तिकै बजेट खुम्च्याउनुपर्ने के आवश्यकता छ र ? बनाएपछि राम्रै बनाउनुपर्छ, राम्रो म्यूजिक भिडियो बनाउन बजेटमा कुनै सम्झौता गरेको छैन’ गायक महर्जनले बताए ।

गीतको परिकल्पना पनि निर्देशक तुलाधरकै रहेको छ । डान्स नम्बर गीतको कोरीयोग्राफी रोहिया महर्जनले गरेकी छिन् ।

सौरभ लामाको डिओपीमा इश्वर लाल सिंकेमनाले छायाङ्कन गरेका छन् । दृश्य सम्पादन सुजन बडालले गरेका छन् ।

पवन जोशीको शब्द रचना  रहेको यस गीतका संगीतकार अनिल तुलाधर हुन् । सिडिसि सिनेमामा प्रिमियर गरिएसँगै यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक भइसकेको छ ।

युट्युबमा सार्वजनिक भएको चौबिस घन्टामै यस म्यूजिक भिडियोको भ्यूज दुई लाख भन्दा ममथि पुगिसकेको छ ।

Categorized in साहित्य-कला