STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा एकेडेमीको तीनदिने पुस्तक प्रदर्शनी सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

नेपालभाषा एकेडेमीको आयोजनामा तमकःद्यः उग्रगण्डी जाउलाखेलमा शुक्रबारदेखि सुरु भएको तीन दिने पुस्तक प्रदर्शनी आइतबार सम्पन्न भयो । सो अवसरका नेपालभाषा चलचित्र बारे विचार गोष्ठी भएको थियो । कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले ‘नेपालभाषा चलचित्र हिजो र आज’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रस्तुत गर्नु भएको सो कार्यपत्रमा नेपालभाषा चलचित्रको विकासक्रम, कथानक, उपलब्धी, चलचित्र बनाउन के कस्ता विषयवस्तु आवश्यक छ भन्ने कुरा उल्लेख छ । त्यसैगरी सो कार्यक्रममा चलचित्रका अध्ययनकता, पाठक तथा कथाकार राकेश महर्जनले साहित्यको हिसावले उत्कृष्ट ‘पखाः’ चलचित्रको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रस्तुत गर्नु भएको कार्यपत्रमा ‘पखाः’ चलचित्रका विविध पक्षमाथि चर्चा गरिएको छ । कार्यक्रममा एकेडेमीका सदस्य सचिव मल्ल के. सुन्दरले नेपालभाषा एकेडेमीले साहित्य विधा लगायत चलचित्र विधामा पनि पाइला अगाडि सारेको बताउनु हुँदै निकट भविष्यमै नाट्य विधामा पनि प्रतियोगिता गर्न लागेको बताउनु भयो । कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ का हिरोइन चैत्यदेवी श्रेष्ठसंगै चलचित्र क्षेत्रका थुप्रै व्यक्तिहरुले आ—आफ्नो धारणा राख्नु भयो । पुस्तक प्रदर्शनीका संयोजक तथा एकेडेमिका प्राज्ञ विजयरत्न असंबरेले स्वागत गर्नु भएको सो कार्यक्रममा सभापतित्व एकेडेमिका भाइस चान्सलर यज्ञरत्न धाख्वाःले गर्नु भएको थियो । कार्यक्रम साहित्यकार शशीकला मानन्धरले सञ्चालन गर्नु भएको थियो ।
Categorized in राष्ट्रिय