STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालभाषा एकेडेमीको ‘सर्जक र सृजना’मा कवि डा. प्रधानाङ्ग

Janjati Khabar – नेपालभाषा समाचार केन्द्र | २०८१ भाद्र १०, सोमबार

 काठमाडौं । नेपालभाषा एकेडेमीको आयोजनामा श्रृंखलाबद्ध रुपमा चल्दै आएको साहित्यिक कार्यक्रम ‘सर्जक र सृजना’ को पछिल्लो कार्यक्रम अन्तर्गत चर्चित कवि डा. योगेन्द्र प्रधानका विषयमा विचार विमर्श भयो ।
यसअघि जनकवि दुर्गालाल श्रेष्ठ र आख्यानकार मथुरा साय्मिलाई लिएर कार्यक्रम सम्पन्न भएकोमा यसपटक प्रधानलाई स्थान दिइएको हो ।
नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एकेडेमीका प्राज्ञ सदस्य, सहित्य विभाग एवं सर्जक र सृजना कार्यक्रमका संयोजक प्राज्ञ त्रिरत्न शाक्यले स्वागत मन्तव्य दिनुभएको थियो ।
एकेडेमीका प्राज्ञ सदस्य रजनीमिलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा एकेडेमीका सदस्य सचिव डा। पुष्पराज राजकर्णिकार, एकेडेमीका प्राज्ञ सदस्य विराट सहित्य गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, एकेडेमीका प्राज्ञ सदसय प्रा। प्रेमशान्ति तुलाधर, सिद्धिदास प्रतिष्ठानका नरेन्द्रभक्त हाडा लगायतले कवि डा। प्रधानाङ्गका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो ।
विशेष सांगितिक प्रस्तुति र साहित्यिक प्रस्तुति सहितको उक्त कार्यक्रममा इसासले स्वागत गीत पस्केकोे थियो भने  रफेला महर्जन, सत्यनारायण मानन्धर लगायतले गीत प्रस्तुत गर्नुभएको थियो ।
एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा लोककवि राजभाइ जकःमि, साहित्यकार राजेन्द्र पुता, रश्मी नापित, नबिन प्रकाश श्रेष्ठ लगायले कविता पाठ गर्नुभएको  थियो । –नेपालभाषा समाचार केन्द्र

Categorized in साहित्य-कला