STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

काठमाडौं – नेपालमा शुक्रबार थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा तीनजनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो । यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई– २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
Categorized in राष्ट्रिय