STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालीलाई कुवेत प्रवेशमा प्रतिबन्ध

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार

काठमाडाैं – कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सूचारु गर्ने निर्णय गरे संगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्रतिबन्ध लगाएको छ । अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रतिबन्ध लगाएको छ । सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ । यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो । तर त्यो निर्णय दुई दिन पनि टिक्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो । कुवेतले नेपाली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।
Categorized in राष्ट्रिय