STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने 

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित  क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । 
डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । आज नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसनुभएको छ ।” आज बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ । 
Categorized in राष्ट्रिय