STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल कै पहिलो ज्ञानकाेशको रुपमा नेवाः सांस्कृतिक ज्ञानकोश आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन १९, शुक्रबार

काठमाडौं महानगरपालिकाको विशेष अार्थिक सहयोगमा नेपालभाषा एकेडेमीको तत्वावधानमा तयार भईरहेको बृहत नेवाः सांस्कृतिक ज्ञानकाेशबारे शुक्रबारया विशेष अन्तरक्रिया सम्पन्न भएको छ ।  रविभवनस्थित हाेटल क्राउन इम्पेरियलमा भएको अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल प्रमूख अतिथीका रुपमा उपस्थित हुनु भएको थियो ।

नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न भएको थियो । 

शुक्रबार सम्पन्न कार्यक्रमको प्रमूख उद्देश्य भनेको  ज्ञानकाेषको  बारेमा  महानगरपालिकाकालाई विस्तृत जानकारी गराउनु रहेको कुरा ज्ञानकोष परियोजनाका निर्देेशक मल्ल के सुन्दरले बताउनु भयो । कार्यक्रममा उहाँले ज्ञानकोषको अवधारणा र अहिलेसम्म भएको प्रगति बारे जानकारी गराउनु भएको थियो ।  

सो ज्ञानकोष महानगरपालिका र नेपालभाषा एकाडेमीको सहकार्यमा तयार भइरहेको छ ।

 ज्ञानकोषमा मूर्त अमूर्त सांस्कृतिक सम्पदाका साथै नेवारहरुको जीवन पद्द्तिबारे वृहत जानकारी समेटिनने कुरा अनिल स्थापितले बताउनु भयो  ।  कार्यक्रममा सभापति चान्सलर यज्ञरत्न धाख्वाः लगायत महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमूख अर्चना (श्रेष्ठ) शाक्य, र प्रवक्ता नवीन मानन्धर लगायतले अाअाफ्ना धारणा राख्नु भएको थियो भने प्रमूख अतिथी उप मेयर डंगोलले नेपाल मै पहिलो पटक यसरी बृहत सांस्कृतिक ज्ञानकोष निर्माणमा महानगरपालिका ले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।

 

Categorized in साहित्य-कला