STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल चलचित्र कलाकार सघंको २५ गते निर्वाचन हुने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन गर्न वरिष्ठ चलचित्रकर्मि नीर शाहको संयोजकत्वमा रमेश बुढाथोकी, बसुन्धरा भुषाल, कृष्ण मल्ल लगायतको एक समिती गठन गरिएको थियो । सो समितीले आवश्यक छानबिन सम्पन्न गरेर विवाद निरुपण गरेको थियो । विवाद निरुपण पश्चात सो तदर्थ समितीले यही जेठ २५ गतेका दिन नेपाल चलचित्र कलाकार संघको निर्वाचन तोकेको थियो । निर्वाचन सम्पन्न गर्न कलाकार संघको कानुनी सल्लाहकार शम्भु निरौला, चलचित्र निर्देशक एवं कानून व्यवसायी राजेन्द्र शलभ र पत्रकार एवं निर्देशक विजय रत्न तुलाधर रहेको निर्वाचन समितिले सोही अनुसार जेठ १८ शनिबारका दिन निर्वाचनमा भाग लिन उम्मेदवारी दाखिल गर्ने दिन तय गरिएको थियो । यसरी तय गरिएको दिन अध्यक्ष पदमा संघमा एक कार्यकाल महा सचिवमा रुपमा रही सकेका अभिनेत्री सरिता लामिमछाने र संघमा एक कार्यकाल अध्यक्ष रही सकेका भुतपुर्व अध्यक्ष रविन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने दुई जना उपाध्यक्ष पदका लागि रेजिना उप्रेती , मनोज के।सी।, सानु कुमार ताम्रकार समेत गरी चार जनाले नाम दर्ता गराएका छन् भने महासचिवमा सन्जय खतिवडा र चेतबहादुर सिहं ले उम्मेदवारी दिएका छन् । शनिबार सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा कोषाध्यक्ष पदमा भने सुनिल कटुवाल एक्लैको मात्र उम्मेदवारी परेको कुरा संघ सुत्रले बताएका छन् । संघको निर्धारित निर्वाचन तालिका अनुुसार जेठ १९ गते उम्मेदवारी उपर उजुरी अनि जेठ २० गते उम्मेदवारी फिर्ता लिन चाहनेहरुले फिर्ता लिन सक्ने दिन तोकीएको छ । यस्तैगरी जेठ २२ गते उम्मेदवारहरुको अन्तिम नामावलि प्रकाशन गरिने र जेठ २५ गते साधारण सभाको औपचारिक कार्यक्रम पछि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
Categorized in राष्ट्रिय