STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १३, बिहिबार

काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई डिल्लीबजारस्थित कारागारमा पठाइएको छ।

यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै विशेष अदालतमा २३ करोड मूल्य बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बद्‌नियत गरी  २३ करोड २७  लाख ५८ हजार ७७ रुपैयाँ हानिनोक्सानी गराएको पुष्टि भएको अख्तियारले मुद्दा दायर गरेको थियो। 

Categorized in अपराध-दुर्घटना