नेपाल टेलिभिजनमा नेपालभाषामा समाचार प्रसारण गर्ने पहल आरम्भ
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण ८, सोमबार
मातृभाषाकाे पत्रकारिता र समावेशी सञ्चारकाे वकालत गर्दै आएका अभियन्ता स्वरुप रहेका पत्रकारहरुको प्रतिनिधि मण्डल नेवाः पत्रकार राष्ट्रिय दबूकाे टाेलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसँगकाे भेटेर लिखित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यसरी ध्यानाकर्षण पत्र बझाए पछी निकट भविष्यमै नेपाल टेलिभिजनबाट नेपालभाषामा समाचार प्रशारण हुने प्रबल सम्भावना देखिएको र आमसञ्चार प्रतिष्ठानकाे गठन, मातृभाषाकाे शताब्दी वर्ष मनाउने कार्यक्रम, नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई स्थापित गराउने विषय, स्थानिय सरकारले सञ्चार माध्यमकाे लागि उपलब्ध गराउँदै अाएकाे लाेककल्याणकारी विज्ञापन बन्द गरेकाे विषयमा छलफल भएको कुरा सम्बन्धित सुत्रले बनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय रेखा शर्मा र नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलसँग भेटेर ध्यानाकर्षण पत्र बुझाउन गएको प्रतिनिधि मण्डलमा दबुका अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ , उपाध्यक्षहरु सुनील महर्जन,सुरेन्द्र भक्त श्रेष्ठ र रचना श्रेष्ठ, महासचिव केके मानन्धर , सचिव राजु नापित,कोषाध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठ, सह सचिव सुनिता महर्जन लगायत कार्य समिति सदस्यहरु मीना बज्राचार्य, दानदास श्रेष्ठ, पूर्णभक्त दुवाल,विगेन तुलाधर,ईश्वर श्रेष्ठ र नेपाल टेलिभिजन कि शोभा श्रेष्ठ , आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष अमरध्वज लामा लगायत सम्मिलित रहेका थिए ।
Categorized in राष्ट्रिय

