STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल संवत् आन्दोलनका अग्रज मानन्धर सम्मानित

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडौं – नेपाल संवत् आन्दोलनका अग्रस देवदास मानन्धरलाई आज शनिबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सम्मान गरेका छन् ।

मानन्धर उपचाररत महाराजगञ्जस्थित नमन केयर सेन्टर पुगी नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा सो सम्मान कार्यक्रम गरिएको थियो । समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले मानन्धरले नेपाल संवतको आन्दोलनलाई टेवा पुग्ने गरी विविध कार्य सम्पन्न गरेका व्यक्तित्व भएकाले मानन्धरको योगदानको कदर स्वरुप सम्मान गरिएको जनाएका छन् ।

यसैगरी, मन्त्री श्रेष्ठले मानन्धरलाई खादा ओढाई उहाँको सुस्वास्थ्यको कामना गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।

मानन्धरलाई दिइएको सम्मानपत्रमा भनिएको छ, ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिमा बसेर मानन्धरले नेपाल संवत्को आन्दोलनलाई सही दिशामा दोहो¥याउन गर्दै आएका निरन्तर कार्यको योगदानलाई सम्झिरहनेछौं ।’ 

‘समारोह समितिमा रहेर एक दशकअघिदेखि नेपाल संवत्लाई व्यवहारमा प्रयोग गर्न सकिन्छ भनी विशेष गरी नेवार समाजका मौलिक तिथिमिति एवं चन्द्रमासअनुसार तिथि परिवर्तनका कुरालाई स्पष्टरुपमा राख्ने काम गर्दै तिथिपात्रो समितिका संयोजक एवं समारोह समितिका सदस्य समेत रही तिथिपात्रो प्रकाशन उल्लेखनीय रहेको छ,’ सो सम्मानपत्रमा उल्लेख छ ।

सम्मानपत्र हस्तान्तरण कार्यक्रममा समारोह समितिका सल्लाहकार एवं पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले मानन्धरको व्यक्तित्व एवं योगदानलाई लिएर उहाँको सुस्वास्थ्यको कामना पनि गर्नुभएको थियो ।

 

Categorized in व्यक्तित्व