नेवाः स्टार आराध्यालक्ष्मी खड्गी अनुबन्धित “आमा आज पनि रुन्छिन्” फिल्मको शुभ साईत चैत्र १ गते
Janjati Khabar – LALENDRA SHAKYA | २०८१ फाल्गुण २७, मंगलबार
नेपालभाषा चलचित्र, म्यूजिक भिडियो जगतमा लोकप्रिय स्टार कलाकार, निर्देशक, कोरियोग्राफरका साथै डान्सिङ क्वीन नेवाः नायिका आराध्यालक्ष्मी खड्गी अनुबन्धित चलचित्र “आमा आज पनि रुन्छिन्” को शुभ साइत हुनेभएको छ ।
आउँदो चैत्र १ गते काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानमा विहान ८ बजे उक्त चलचित्रको शुभ साइत कार्यक्रम हुने जानकारी नायिका आराध्यालक्ष्मी खड्गीले दिनुभएको छ ।
नेपाली चलचित्र जगतका लोकप्रिय बरिष्ठ कलाकारहरु सरोज खनाल, गौरी मल्लका साथ आराध्यालक्ष्मी खड्गी बुहारीको भूमिकामा अभिनित हुने उक्त “आमा आज पनि रुन्छिन्” चलचित्रमा रविन्द्र झा, मुस्कान पौडेल, आशा भूषालका साथ बाल कलाकार आर्यन पौडेल, सामिप्य जंग बुढाथोकी, नवप्रतिभा सुदिप शाह ठकुरी, स्ट्रिोना व विशेष भूमिकामा सुदर्शन बुढाथोकी, दिपा पौडेल एवं अतिथि कलाकारमा लोकप्रिय बरिष्ठ कलाकार देशभक्त खनालकोअभिनय रहने जानकारी चलचित्र निर्माण टिमले दिएको छ ।
“संसारभरीका सम्पूर्ण आमाहरुमा समर्पित” भन्ने श्लोगानका साथ ए.आर. प्रोडक्सनको प्रस्तुति चलचित्र “आमा आज पनि रुन्छिन्” को निर्माताद्वय गिर्वाण विजय खड्का तथा सेवन्तक खड्का हुन् ।
यस्तै, उक्त चलचित्रको कथा तथा निर्देशन अशुअशेष गिरीको रहेको छ भने मुख्य सहायक निर्देशनमा रामशरण कोईराला र सहायक निर्देशनमा रोहिनी अग्रवाल तथा निश्चल तामाङको रहने छ ।
यस्तै, चलचित्र “आमा आज पनि रुन्छिन्” मा केश विन्यास सञ्जु ढकाल, गीतकार तथा पटकथा गणेश सुवेदी, निर्माण नियन्त्रक डिक बहादुर बुढाथोकी (श्री) र तुलसी प्रसाद चौलागाँईले जिम्मा लिएका छन् ।
मार्मिक कथानक चलचित्र “आमा आज पनि रुन्छिन्” आउँदो दशैंताका प्रदर्शन गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
Categorized in सिनेमा

