STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्युयोर्कमा इन्द्रजात्रा मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २९, आइतबार

न्युयोर्कमा बसोबास गदै आइरहेका नेवारी समुदायले गत बर्ष झै यस पटक पनि ज्याक्सनहाइटको मुटु मानिने डाइभर्सिटि प्लाजामा येन्हापुन्ही इन्द्र जात्रा मनायो । नेवा गुठी न्युयोर्कद्धारा आयोजना गरिएको इन्द्र जात्रा परम्परागत शैलिमा विभिन्न मौलिक खाना परिकार सझाएको स्थानमा कुमारीलाई स्वागत गदै सेतो हात्ती र लाखे नचाएर इन्द्र जात्रा मनाएका छन । नेवारी समुदायमा कुमारीलाई जिवित देवीको रुपमा पुज्दै आएका छन । काखमा बोकेर ल्याएको कुमारीको आगमानसंगै ढोल र ज्याप्टाको तालमा नाच्दै आएको सेतो हात्ती र लाखे नृत्यले न्युयोर्कमा नेवारी गाउबस्तीको याद दिलाइरहेको थियो । यस पटकको इन्द्र जात्राम बेत्रावति क्षेत्रमा नाचिने लाखे नाच देखाएको थियो ।
Categorized in राष्ट्रिय