STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकारमाथिको सांघातिक आक्रमणप्रति थारु पत्रकारको ध्यानाकर्षण

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडौं – थारु पत्रकार संघ नेपालका सल्लाहकार एवम् कान्तिपुर दैनिक टिकापुर संवाददाता गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति थारु पत्रकार संघ नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । कैलालीको जानकी गाउँपालिका वडा नंं ६ मा साउन २६ गते बेलुकी रिपोर्टिङको क्रममा पत्रकार चौधरीमाथि पाँचजनाको समूहले आक्रमण गरेका थिए । थारु पत्रकार महासंघका महासचिव सन्तकुमार चौधरीले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको सो आक्रमणमा खेद जनाएको छ । संघले घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्नहरुमाथि कानुनी कारवाहीको जोडदार माग पनि गरेको छ ।
Categorized in राष्ट्रिय