परदेसिन वाध्य बनेकाहरुको पिडा बोकेको ‘झ्याँदी खोला’ को भिडियो सावैजनिक
Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन १३, सोमबार
परदेसिन वाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरिएको एउटा गीतको भिडियो हालै सार्वजनिक गरिएको छ । युवाहरु किन विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्को भाषण पनि गर्छन् । तर, यो समस्या दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेको देखिंदैन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला र खादा पहिरिएर चांडै फर्किने आशमा आँखा भरि आँशु पारेर वृद्ध बा, आमा र आफ्ना श्रीमती, लालाबालालाई छाडेर परदेसिन वाध्य बनिरहेका छन् । उनीहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरिएको यस गीतमा लोकप्रिय गायक राम कुमार नेपाली र गंगा सोनमको स्वर रहेको छ । ‘झ्याँदी खोला’ बोलको यो मर्मश्पर्शी गीतको भिडियो भारती पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
अमृत भारतीको शब्द, रामकुमार नेपालीको संगीत रहेको यस गीतको भिडियोमा दिनेश केसी. अमृत भारती, सुजन गौतम लगायतको जिवन्त अभिनय रहेको छ ।
यसमा छायांकन रवीन्द्र बराल, सम्पादक अच्युत बजगाईं, मेकअप कविता टोलाङ्गे, निर्देशक लिगेश भट्टराईको रहेको छ ।
Categorized in साहित्य-कला

