STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ९, बिहिबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिनुभएको छ । पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उहाँले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ भन्नुभयो । समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार समुदायसँग पनि समन्वय गरेर प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै उहाँले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।
Categorized in राष्ट्रिय