STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पशुपतिमा लाखबत्ती बाल्दै किड क्विनका प्रतियोगीहरु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार

नेप्लिज फेसन होमले आयोजना गर्दै आएको ‘किड क्विन नेपाल’ १७ अौं संस्करणका प्रतियोगीहरुले शनिवार काठमाडौंको पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् । सोही प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धिहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन् । ७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा प्रस्फूटन गर्ने उदेश्यले नेप्लीज फेसन होमले पछिल्लो १७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । यो प्रतियोगिताले अहिलेको पुस्ताका बालिका तथा किशोरीहरुलाई नेपाली कला, संस्कृति, धर्म, भाषा, समाजसेवा आदि विषयमा सिकाउन ठुलो मद्दत पुर्‍याउने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् । छनोट भएका प्रतिस्पधीहरू लामो समयदेखि प्रशिक्षण व्यस्त छन् । आगामी शनिवार उनीहरुले ट्यालेन्ट शोमार्फत आ–आफ्ना प्रतिभा प्रस्तुत गर्दैछन् । किड क्विन नेपाल–२०१९ को निर्णायक प्रतियोगिता भने मंसिर २१ गते शनिवार जमलस्थित राष्ट्यि नाचघरमा आयोजना हुने छ । प्रतियोगितामा इलिजा गुरुङ अभिश्री तिवारी, निमिशा श्रेष्ठ, सुप्रिया तामाङ, अदिष्ठा भण्डारी, रेशु पन्त, शान्भी बानियाँ, स्नेहा रजक, निशा बिक, रितिका थापा, मनीषा राई, सुकृति श्रेष्ठ, सुप्रिया विष्ट, यूनिका ढकाल, प्रकृना प्रधानाङ्ग, प्राची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया लजेजु, रोशिका लामा, आयुषा वाइवा तथा सरु खोटेजुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धि बालिकाहरुलाई कोरियोग्राफरहरु प्रजिता श्रेष्ठ, सुजिना श्रेष्ठ तथा संगीता महर्जन विभिन्न विधामा प्रशिक्षण दिइरहेको प्रतियोगिताका संयोजकद्वय नितु डंगोल तथा पल्सा महर्जनले जनाएका छन् ।
Categorized in राष्ट्रिय