STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २६, बिहिबार

काठमाडौं - काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो ।

काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो ।

अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि पाँचखाल तालिम केन्द्रबाट सेनाको टोली काठमाडौं पठाइएको हो ।

Categorized in राष्ट्रिय