STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाँच प्रतिभाको संयुक्त साँगितिक चक्का सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार

नेपालभाषा संगीत क्षेत्रमा अद्वितीय संगीत प्रतियोगिता का रुपमा सम्पन्न ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा अर्थात पुरस्कार मा संगीतकार जूगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् । नेपालभाषा संगीत क्षेत्रमा अद्धितीय उदाहरणका रुपमा लिइएको सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जूगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धामा १२१ प्रतिस्पर्धीले भाग लिएका थिए । प्रतियोगिता पेजथ्री बाःछिपौ पाक्षिक को आयोजनामा भएको थियो । ‘सिरपा’ गीति संग्रहमा सुरजवीरकै शब्दमा सर्वोत्कृष्ट गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, दर्शनवीर शाक्यको शब्द र मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ प्रकाश दीप श्रेष्ठको शब्द र सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, पूर्णकाजी ज्यापुको शब्द र रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ हरिराम महर्जन थेचोको शब्द र परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ गीत रहेको छ । पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, जनसंगीत श्रष्टा अमरराज शर्मा, इलोहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्य, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, संगीतकार जूगल डंगोल, गीति संग्रह प्रायोजक आर्टोम्यूज रेकर्डिङ स्टुडियोका प्रवन्ध निर्देशक केञ्जुमा सुब्बा, चेज टेलिभिजनका उत्पादक गोल्मा कम्पनीका प्रमुख सुरेश मल्ल, हिरण्यवर्ण महाविहारका आःजु चित्रवीर बज्राचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष सुरेश प्रधानले उक्त संग्रह सार्वजनिक गरेका हुन् । कार्यक्रमका संयोजक दर्शनवीर शाक्यले स्वागत गरेको उक्त समारोहमा अधिकांश वक्ताहरुले बुदिंया भिंतुना गीत सृजनाले समाजलाई नै उत्साहित बनाएको भन्दै प्रतिस्पर्धाले राम्रा कलाकारहरु आगमनलाई सहज बनाएको उल्लेख गरे भने ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष एवं लोकप्रिय गीतकार निर्मलरत्न शाक्यले उत्कृष्ट ५ गायकलाई समेटेर एउटा गीति संग्रह आफूले पनि तयार पार्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा उत्कृष्ट गायकहरुले ‘सिरपा’मा संग्रहित गीतहरु प्रस्तुति समेत गरेका थिए ।
Categorized in सिनेमा