STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको मतिआरी क्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ । मतिआरी राजमार्गमा सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो । बिहीबार अबेर राति भएको यस सडक दुर्घटनामा मारिएका यी व्यक्तिहरुमा तीन महिला र दुई बालबालिकासमेत रहेका छन् । दुर्घटनामा भएको सो भ्यानबाट शव निकालिएको र घाइते व्यक्तिलाई अस्पताल पु¥याएको बताइएको छ । ट्रकको ठोक्काइबाट भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय