STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाकिस्तानमा आज आम निर्वाचन, देशभर मोबाइल सेवा बन्द

Janjati Khabar – Janjati Khabar | २०८० माघ २५, बिहिबार

पाकिस्तानमा आज (बिहीबार) आम निर्वाचन हुँदैछ। यसका लागि पूरै देशमा मोबाइल सेवा बन्द गरिएको छ।

पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतरा सामना गर्न सुरक्षा उपाय आवश्यक छन्। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।’

राष्ट्रियसभाका ३३६ सिटमा आज मतदान हुँदैछ। सरकार बनाउन १६९ सिट चाहिन्छ।

दुई वर्षअघि देशमा अविश्वासको प्रस्ताव ल्याएर पूर्वप्रधानमन्त्री इमरान खानको सरकार ढालिएको थियो र अहिले उनी भ्रष्टाचार मुद्दामा जेलमा छन्। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

Categorized in अन्तर्राष्ट्रिय