पाटन अस्पतालमा कोरोना आशंकित एकको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १७, सोमबार
काठमाडौं– कोरोना आशंकामा पाटन अस्पतालको आइसियूमा राखिएका एकजना बिरामीको मृत्यु भएको छ ।
धादिङ खनियाँबासका ३५ वर्षीय तामाङ थरका ती पुरुष गत चैत १४ गते भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ताले पुष्टि गरेको छ ।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले मृत्यु हुनुको कारण पुष्टि हुन बाँकी रहेको जनाएका छन् । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षणको लागि टेकु केन्द्रीय प्रयोगशाला पठाइएको शर्माले जानकारी दिएका छन् ।
पाटन अस्पताल आइसोलेसनमा अहिले पनि तीनजना बिरामी कोरोना आशंकामा उपचाररत छन् ।
Categorized in राष्ट्रिय