पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १६, शुक्रबार
काठमाडौँ – पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।
अस्पताल प्रशासनका अनुसार उच्च रक्तचापको समस्या रहेको ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् ।
वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।
आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।
Categorized in उपत्यका