STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पाथीभरा मन्दिरमा द्वारकापुरी दिव्यधाम निर्माण हुने

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ४, बुधबार

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा हालै निर्माण गरिएको माता पाथीभरा मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गरिने भएको छ । सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटन विकास गर्नका लागि द्वारकापुरी दिव्यधाम निर्माण गर्न लागिएको मन्दिर मूल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो । यस क्षेत्रमा सत्सङ्ग हल, गुरूकुल, यज्ञशाला, पाठशाला, गौशाला, धर्मशाला, प्रतिक्षालय, द्वारका कुण्ड र मन्दिर प्रवेशको आकर्षक द्वार र सबै गोत्रका ऋषिका प्रतिमा स्थापना गर्ने गरी गुरुयोजना बनाइएको उहाँले बताउनुभयो । मन्दिर मूल व्यवस्थापन समितिका संरक्षक एवं १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले पाथीभराको मन्दिर निर्माण भएपछि अहिले हरेक दिन दुईदेखि तीन सय धार्मिक पर्यटकले मन्दिरको दर्शन गर्न थालेका बताउनुभयो । गत असोज १२ देखि २१ गतेसम्म सोही क्षेत्रमा लगाइएको शतचण्डी ज्ञान महायज्ञ गरी पाथीभार वैष्णोदेवीको मन्दिर स्थापना गरिएको बताउँदै उहाँले उक्त महायज्ञबाट रु १४ लाख ७४ हजार २८ आम्दानी भएको जानकारी दिनुभयो । गौ संरक्षक केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर क्षेत्रमा द्वारकापुरी दिव्यधाम निर्माण गर्न गौ संरक्षण केन्द्रले सहयोग गर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय