STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आएपनि टिम्बरले काठको सीमितताका कारण समयमै आपूर्ति गर्न सकेको छैन । सम्पदा पुनःनिर्माणका लागि माग भएको परिमाणमध्ये काठमाडौँका काष्ठमण्डप र त्रिपेश्वर महादेवको मन्दिरको मात्रै आधा हिस्सा छ । आलोपालो काठ आपूर्ति गर्दा पुनःनिर्माणमा अवरोध नआएको र समस्या नदेखिएको टिम्बरले जनाएको छ । भूकम्पपीडितका घर निर्माणका लागि हालसम्म ८८ हजार ५३४ घनफिट र सम्पदा पुनःनिर्माणमा १५ हजार ५७८ घनफिट चिरान काठ आपूर्ति गरिएको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । टिम्बरले भूकम्पपीडितका निजी घर निर्माणका लागि आर्थिक वर्ष २०७३÷७४ मा चार हजार चार घनफिट, आव २०७४÷७५ मा ५८ हजार ३९१ घनफिट र आव २०७५÷७६ मा २६ हजार १३९ घनफिट चिरान काठ उपलब्ध गराएको छ ।
Categorized in राष्ट्रिय