STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुनः उम्मेदवारी दिन रेणु दाहालले दिए मेयर पदबाट राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १०, शनिबार

चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । स्थानीय तह निर्वाचनमा प्रमुख पदमा पुनः उम्मेदवारी दिन दाहालले शुक्रबार राजीनामा दिएकी हुन्।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दाहालको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।निर्वाचन आयोगले उम्मेदवार बन्न बहालवला पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न दाहालले राजीनामा दिएकी हुन् ।

Categorized in राजनीति