पुलिस क्लबअघि ‘इनफ इज इनफ’को विरोध प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार
काठमाडाैं – महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ का अभियन्ताहरुको विरोध प्रदर्शन भएको छ ।
सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियानका अन्य अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन् ।
पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् ।
प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।
अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् । फाइल तस्बिर
Categorized in राजनीति