पुष्पलाल स्मृति भवन निर्माण गरिँदै
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार
चौदण्डीगढी नगरपालिकाको वडा नं ६ स्थित बेल्टार बजारमा पुष्पलाल स्मृति बहुउद्धेश्यीय भवन निर्माण गर्न लागिएको छस्थानीयवासी शम्भु पौडेलले प्रदान गर्नुभएको एक कठ्ठा जग्गामा उक्त भवन निर्माण गर्न लागिएको होे । प्रदेश नं १ का सांसद बिमल कार्कीले उपलब्ध गराउनुभएको संसदीय कोषको रु २५ लाख र बाँकी प्रदेश सरकारको पहलमा झण्डै रु ६० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएकोे भवन निर्माण समितिका अध्यक्षसमेत रहनुभएका जग्गादाता शम्भु पौडेलले बताउनुभयो ।
प्रदेश नं १ का सांसद् विमल कार्कीले हालै उक्त भवन शिलान्यास गर्नुभएकामा निर्माण कार्य भने केही दिनमै शुरु गरिने उहाँको भनाइ थियो । तीनतले पक्की भवनको सभाहलमा झण्डै ३०० व्यक्ति अटाउन सक्ने बताइएको छ ।सांसद् बिमल कार्कीले भन्नुभयो, “यस क्षेत्रमा एउटा सभाहलको आवश्यकता लामो समयदेखि खटकिएकाले पुष्पलालजस्ता महान नेताको नाममा उक्त भवन निर्माणका लागि संसदीय कोषबाट सो रकम उपलब्ध गराएकोे हूँ ।”नपुग रकमका लागि प्रदेश सरकारसँग माग गरेर दुई वर्षभित्र भवन निर्माण गरिने र यसमा ठूला प्रदेश तथा जिल्लास्तरीय कार्यक्रम गर्न सकिने उहाँको भनाइ थियो ।
Categorized in राष्ट्रिय


