STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुस ८ गते जनता समाजवादीको देशव्यापी प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ६, सोमबार

काठमाडाैं – प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले ८ पुसमा देशभरका जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ । 

सो पार्टीले एक विज्ञप्ति जारी गर्दै ८ पुसमा र्‍यालीसहित विरोध प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ ।

पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने जानकारी दिएका छन् । 

Categorized in राजनीति