STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २८, बिहिबार

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान निवासबाटै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले बुधबार खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । बुधधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । पक्राउपश्चात् खाँणलाई परिसरबाट म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ । यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

Categorized in राजनीति