STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पूर्वमन्त्री टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १, सोमबार

काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो ।

रायमाझीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

रायमाझी निलम्बित

नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराएका छन् ।

पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

Categorized in राजनीति