STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी सवारी नियन्त्रणमा लिइने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ११, बुधबार

काठमाडौं - नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन नियन्त्रणमा लिने कार्यक्रम घोषणा गरेको छ।

मूल्यवृद्धिविरुद्ध पछिल्ला दिनमा आन्दोलित युवा संघले विरोध कार्यक्रमअन्तर्गत बिहीबार सरकारी सवारी साधनको आवागमनमा अवरोध गरिने अध्यक्ष किरण पौडेलले जानकारी दिए।

उनकाअनुसार उपत्यकासहित ७७ जिल्ला सदरमुकाममा सरकारी सवारी नियन्त्रणमा लिएर नजिकैको प्रशासनमा बुझाइनेछ।

उपत्यकाभित्र काठमाडौंमा अमित लामा र आरसी लामिछाने, लालितपुरमा क्षितिज थेबे र कल्पना वाइबा तथा भक्तपुरमा रमेश आचार्य र समिक बडाललाई समन्वयका तोकिएको छ।

सरकारी सवारी साधन नियन्त्रणमा लियर नजिकैको प्रहरी प्रशासनमा चाबी हस्तान्तरण गर्ने गरी कार्यक्रमको स्वरुप तय गरिएको अध्यक्ष पौडेलले उल्लेख गरेका छन्।

‘कुनै किसिमको तोडफोड र आगजनी हुने छैन, उपत्यका बाहिर हरेक जिल्लामा उपयुक्त स्थानमा माथी उल्लेख गरे बमोजिम आन्दोलन अघि बढ्नेछ,’ उनले भनेका छन्।

Categorized in राजनीति