STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार

काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको जनाइन्छ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन् । यसअघि निगमले असार २६ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँले मूल्य बढाएको थियो । हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर रू १०२, डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्री वितरण हुँदै आएको छ ।
Categorized in बिजनेस