STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेट्रोल लिटरकाे १६० र ग्यास १६०० रुपैयाँ

Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र २३, बुधबार

काठमाडौं - नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ।

निगमले पकाउने ग्यासको मूल्यसमेत बढाएको छ। यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब सिलिण्डरको १६ सय रुपैयाँ पुर्‍याएको छ।

Categorized in बिजनेस