STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोर्टो रिकोमा भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ७, मंगलबार

क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । पहिलो भूकम्प लगत्तै ४।७ र ४।६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ । पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताउनुभयो । सुनामीको सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो ।
Categorized in अन्तर्राष्ट्रिय