STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रकृतिलाई न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावास पुगेर विद्यार्थीहरूले गरे विरोध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ६, मंगलबार

काठमाडौं - भारतमा अध्ययनरत प्रकृति लम्सालको रहस्यमय मृत्युपछि कलेज प्रशासनले होस्टेलमा रहेका अन्य ७ सय बढी नेपाली विद्यार्थीमाथि भएको धरपकडविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भारतको ओडिसास्थित छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको निधनको घटनामा न्याय माग्दै लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडालले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न भारत सरकारसमक्ष माग गरे । आफूहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् उठाएका माग पूरा नगरे देशव्यापी दबाब सिर्जना गर्न बाध्य हुने उनले बताए ।

प्रकृति लम्सालको लागि न्याय माग्दै सामाजिक सञ्जालमा ह्यासट्यागसमेत चलाउने जानकारी बडालले दिएका छन् ।

Categorized in अपराध-दुर्घटना