STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्ड शीतल निवासमा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि प्रचण्ड बालुवाटारबाट शीतल निवास पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।  ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । ओलीले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ल्याउन खोजेको नेताहरुको आशंका छ ।यसले अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्‍याएपछि प्रचण्ड शीतल निवास गएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसदको बजेट अधिवेशन अन्त्य भएलगत्तै नेकपा स्थायी कमिटी बैठक स्थगित भएको हो ।  स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीको चर्को आलोचना भएपछि नेकपाभित्र विवाद चर्किएको छ ।  बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका थिए ।
Categorized in राजनीति