STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई आजदेखि

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २२, बुधबार

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनवाई संवैधानिक इजलासमा आजदेखि निरन्तर हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको गत पुस १० गतेको संवैधानिक इजलासले आज बुधबारदेखि निरन्तर सुनुवाईको मिति तोक्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले यही पुस १९ गतेसम्म प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिए अनुसार लिखित जवाफ पेश भइसकेकोे छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई गर्दै इजलासले नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन र अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरु मध्येबाट अदातलतको सहयोगी (एमिकस क्युरी) माग गरेकोमा सबै नाम सिफारिस भइसकेको छ ।

Categorized in राजनीति